advertisement

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा उनले ओलीको कार्यशैली र विभिन्न निर्णयहरुको आलोचना गरेका थिए।

प्रचण्डको प्रस्तावले आक्रोशित भएका ओलीले मंसिर ३ गतेको बैठकमा जवाफ लेख्नका लागि १० दिनको समय मागेका थिए। जसअनुसार उनले मंसिर १३ गतेको बैठकमा ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका थिए। जसमा उनले प्रचण्डले लगाएका कतिपय आरोपको जवाफ दिएका थिए। साथै, प्रचण्डका कार्यशैलीको आलोचना गरेका थिए।

मंगलबारको बैठकमा प्रचण्डले ओलीको प्रतिवेदनको जवाफ दिने तयारी गरेका छन्। साथै, अन्य सदस्यले पनि धारणा राख्ने बताइएको छ।

नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ का लागि बोलाइएको छ। अध्यक्षद्वयको प्रतिवेदनका सन्दर्भमा सचिवालयको बैठकले निर्णय दिन नसके क्रमशः ती कमिटीमा पुग्ने नेताहरुको भनाइ छ।

" /> बालुवाटारमा विष्णु पौडेललाई जन्मदिनको शुभकामना, वामदेवले भने- १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्नुहोस् - Sarbocha Media

बालुवाटारमा विष्णु पौडेललाई जन्मदिनको शुभकामना, वामदेवले भने- १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्नुहोस्

`

     २०७७ मंसिर १६ गते ९:५६

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ। उनलाई शुभकामना दिएर मंगलबारको बैठक सुरु गरिएको हो।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य नेताहरुले महासचिव पौडेललाई केक खुवाएर बधाई तथा स्वस्थ जीवनकाे शुभकामना व्यक्त गरेका हुन्।

उपाध्यक्ष वामदेव गाैतमले ‘१०० बर्ष बाँच्नुहाेस् र राम्राे काम गरेर जानुहाेला’ भन्दै शब्दमा शुभकामना दिएका छन्। पौडेल ६२ वर्षमा प्रवेश गरेका छन्।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।

advertisement

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा उनले ओलीको कार्यशैली र विभिन्न निर्णयहरुको आलोचना गरेका थिए।

प्रचण्डको प्रस्तावले आक्रोशित भएका ओलीले मंसिर ३ गतेको बैठकमा जवाफ लेख्नका लागि १० दिनको समय मागेका थिए। जसअनुसार उनले मंसिर १३ गतेको बैठकमा ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका थिए। जसमा उनले प्रचण्डले लगाएका कतिपय आरोपको जवाफ दिएका थिए। साथै, प्रचण्डका कार्यशैलीको आलोचना गरेका थिए।

मंगलबारको बैठकमा प्रचण्डले ओलीको प्रतिवेदनको जवाफ दिने तयारी गरेका छन्। साथै, अन्य सदस्यले पनि धारणा राख्ने बताइएको छ।

नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ का लागि बोलाइएको छ। अध्यक्षद्वयको प्रतिवेदनका सन्दर्भमा सचिवालयको बैठकले निर्णय दिन नसके क्रमशः ती कमिटीमा पुग्ने नेताहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?