advertisement

गण्डकी प्रदेश सरकारले सातवटै प्रदेशमा ठूलो छलाङ मारेको मुख्यमन्त्री गुरुङको दावी छ। प्रदेश सकारले खानेपानी, स्वास्थ्य, पूर्वाधार, शिक्षा सबै क्षेत्रमा ठूलो प्रगति गरेको बताउँदै अबको १० वर्षमा मिनरल पानीजस्तै सफा र शुद्ध पानी धारामा झर्ने उनले दावी गरे।

कार्यक्रममा संघीय संसद नारायणप्रसाद मरासिनी, प्रदेश सांसदद्वय मिनप्रसाद गुरुङ र दिपक चर्ति मगर, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतली बजार नगरप्रमुख सीमा क्षेत्रीलगायत सहभागी थिए।

तीन करोड ६८ लाख ८७ लाखको लागतमा गरिने स्तुपाका लागि ५० प्रतिशत संघ, ३० प्रतिशत नगरपालिका र २० स्थानीयको लगानी रहने जनाइएको छ। करिब ५० रोपनी क्षेत्रफल निर्माण गरिने स्तुपा एक सय १५ फीट उचाइ र १० मिटर डायमिटरको र २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ।

" /> यही सरकारले नै पाँच वर्ष सत्ता चलाउँछ : मुख्यमन्त्री गुरुङ - Sarbocha Media

यही सरकारले नै पाँच वर्ष सत्ता चलाउँछ : मुख्यमन्त्री गुरुङ

`

     २०७७ मंसिर १५ गते ८:५६

स्याङजा, १५ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले यही सरकारले नै पाँच वर्षे सत्ता चलाउने बताएका छन्।पुतलीबजार नगरपालिका ७ ठूलाडिहीको भारकोट डाँडामा विश्व शान्ति स्तुपाको आइतबार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले पार्टीबीच केही बिमती रहेपनि नेकपा नफुट्ने समेत दावी गरे ।

‘मुलुकको समृद्धिका लागि दुई कम्युनिष्ट पार्टी एक भएको र मुलुकको समृद्धिमा कम्युनिष्ट सरकार अघि बढेको छ,’ उनले भने, ‘राजा फर्काउने आवाज उठे पनि त्यो सम्भव छैंन।’

advertisement

गण्डकी प्रदेश सरकारले सातवटै प्रदेशमा ठूलो छलाङ मारेको मुख्यमन्त्री गुरुङको दावी छ। प्रदेश सकारले खानेपानी, स्वास्थ्य, पूर्वाधार, शिक्षा सबै क्षेत्रमा ठूलो प्रगति गरेको बताउँदै अबको १० वर्षमा मिनरल पानीजस्तै सफा र शुद्ध पानी धारामा झर्ने उनले दावी गरे।

कार्यक्रममा संघीय संसद नारायणप्रसाद मरासिनी, प्रदेश सांसदद्वय मिनप्रसाद गुरुङ र दिपक चर्ति मगर, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतली बजार नगरप्रमुख सीमा क्षेत्रीलगायत सहभागी थिए।

तीन करोड ६८ लाख ८७ लाखको लागतमा गरिने स्तुपाका लागि ५० प्रतिशत संघ, ३० प्रतिशत नगरपालिका र २० स्थानीयको लगानी रहने जनाइएको छ। करिब ५० रोपनी क्षेत्रफल निर्माण गरिने स्तुपा एक सय १५ फीट उचाइ र १० मिटर डायमिटरको र २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?