advertisement

एक्कासि दमले च्यापेपछि मण्डललाई वीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो ।

" /> विराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना विरामीको मृत्यु, तीन घाइते - Sarbocha Media

विराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना विरामीको मृत्यु, तीन घाइते

`

     २०७७ मंसिर १५ गते ४:१७

विराटनगर, १५ मंसिर । विराटनगरमा गएराति करिब १ बजे एम्बुलेन्स दुर्घटना हुँदा एक जना विरामीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको ज्यान गएको हो । एम्बुलेन्स ठोक्किँदा गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स चालक हरिनारायण यादव फरार छन् । लहरीका चालक पनि फरार भएका कारण खोजी थालिएको प्रहरीले जनाएको छ । सप्तरीबाट बिरामी बोकेर बिराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किएको थियो ।

advertisement

एक्कासि दमले च्यापेपछि मण्डललाई वीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?