एजेन्सी, १३ मंसिर । इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको पुष्टि भएको छ ।
राजधानी तेहराननजिकै फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको जनएको छ । उनको दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको बीबीसीमा उल्लेख छ ।
इरानका विदेशमन्त्री जवाद जारिफले कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म भन्दै हत्याको निन्दा गरेका छन्।

इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ। बीबीसीबाट




