प्रहरीको गोली लागेका एकको ज्यान गयो

`

     २०७७ मंसिर १० गते ४:२३

महोत्तरी, १० मंसिर । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एकको ज्यान गएको छ ।

घाइते भएकामध्ये बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको बताइएको छ ।

न्यौपानेको दुवै तीघ्रामा गोली लागेको थियो । घाइते भएका उनलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?