advertisement

डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानम घेब्रेसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने भन्दै त्यसो नहुने हो कि भन्ने चिन्ता रहेको बताएका छन्।

" /> कोरोनाविरूद्धको खोप वितरणमा विभेद हुन सक्ने भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त - Sarbocha Media

कोरोनाविरूद्धको खोप वितरणमा विभेद हुन सक्ने भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त

`

     २०७७ मंसिर ०९ गते ६:२४

एजेन्सी, ९ मंसिर । कोरोनाविरूद्धको खोप बजारमा आउने तयारीमा रहेको छ ।

अमेरिकालगायत अन्य मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेको र तिनको सफलता ९० प्रतिशत माथि रहेको जनाइएको छ ।

केही महिनाभित्रै खोपहरू पूर्ण स्वीकृति पाएर बजारमा आउने देखिन्छ । तर यही बेला खोप वितरणमा विभेद हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।

advertisement

डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानम घेब्रेसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने भन्दै त्यसो नहुने हो कि भन्ने चिन्ता रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?