advertisement

एमसीसीको विरोधका साथै लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता, महेशपुरलगायत भूभागमाथि नेपालको स्वामित्व कायम गर्नुपर्ने माग गरिएको थियो ।

प्रदर्शनकारीले कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा एवं रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा तथा स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त भुक्तानी गर्नेलगायतका माग पनि राखेका छन् ।

प्रदर्शनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत सहभागी थिए ।

" /> माइतीघरमा एमसीसीविरुद्ध २२ दलको प्रदर्शन - Sarbocha Media

माइतीघरमा एमसीसीविरुद्ध २२ दलको प्रदर्शन

`

     २०७७ मंसिर ०७ गते १:१६

काठमाडौं, ७ मंसिर। मिलिनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) परियोजना खारेजीको माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । विभिन्न २२ दलको संयुक्त आयोजनामा भएको प्रदर्शनमा एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै प्रदर्शन भएको हो ।

 

advertisement

एमसीसीको विरोधका साथै लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता, महेशपुरलगायत भूभागमाथि नेपालको स्वामित्व कायम गर्नुपर्ने माग गरिएको थियो ।

प्रदर्शनकारीले कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा एवं रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा तथा स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त भुक्तानी गर्नेलगायतका माग पनि राखेका छन् ।

प्रदर्शनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?