advertisement

झन्डै एक घन्टा सम्बोधन गरेका उनले आफू ७ वर्षदेखि राजनीतिमा लागेकोदेखि मुलुकका हरेक परिवर्तनमा निर्णायक भूमिका निर्वाह गरेको बखान गरेका थिए।

पछिल्लो समय पार्टीमा समस्या उत्पन्न भएको र त्यो समाधान गर्ने प्रयास भइरहेको उनले बताए। इमान्दार कार्यकर्ताले उत्पन्न समस्या समाधान गर्न र पार्टी विभाजन नगर्न भनेर खबरदारी गरिरहेको उपाध्यक्ष गौतमले बताए।

खासगरी प्रतिपक्षले पार्टी फूट्छ भन्ने गरेको उनले बताए। स्थापित मिडियाले आफ्नो समाचार बिकाउन पार्टी विभाजनको प्रचारमा लागेको गौतमको आरोप छ।

‘हाम्रो समस्या कुन डिग्रीको हो, उनीहरूलाई मतलब छैन,’ गौतमले भने ‘तर, उनीहरूले त्यो डिग्रीलाई ह्वात्तै बढाइदिन्छन् र त्यसले गर्दा पार्टी आज फुट्ने हो कि भोलि फुट्ने हो भन्ने भाको छ।’

सँगै बसेर समस्या समाधानको प्रयास गरिरहेको गौतमको भनाइ छ। उनले पार्टीभित्र समस्या रहेको भने स्वीकारे।

" /> म अझै ३० वर्षका युवासँग प्रतिस्पर्धा गर्न सक्छु: वामदेव गौतम - Sarbocha Media

म अझै ३० वर्षका युवासँग प्रतिस्पर्धा गर्न सक्छु: वामदेव गौतम

`

     २०७७ मंसिर ०७ गते ९:०२

दाङ, ७ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूले अझै ३० वर्षका युवासँग राजनीतिक रूपमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्।

दाङको तुलसीपुरमा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सभा सदस्यसमेत रहेका गौतमले आफूले पार्टीमा लामो समय योगदान गरेको प्रसंग उल्लेख गर्दै अझै पनि युवासँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको बताए।

‘म अझै ५-७ वर्ष त बाँच्छु होला भन्ने लाग्छ,’ गौतमले भने, ‘अहिले ५० वर्ष भएकाहरू मजस्तै लाग्छ। त्यही भएर ३०-४० वर्षका जवानसँग प्रतिस्पर्धा गर्न सक्छुजस्तो लाग्छ। म एउटा महत्वाकांक्षी भएर त होला।’

advertisement

झन्डै एक घन्टा सम्बोधन गरेका उनले आफू ७ वर्षदेखि राजनीतिमा लागेकोदेखि मुलुकका हरेक परिवर्तनमा निर्णायक भूमिका निर्वाह गरेको बखान गरेका थिए।

पछिल्लो समय पार्टीमा समस्या उत्पन्न भएको र त्यो समाधान गर्ने प्रयास भइरहेको उनले बताए। इमान्दार कार्यकर्ताले उत्पन्न समस्या समाधान गर्न र पार्टी विभाजन नगर्न भनेर खबरदारी गरिरहेको उपाध्यक्ष गौतमले बताए।

खासगरी प्रतिपक्षले पार्टी फूट्छ भन्ने गरेको उनले बताए। स्थापित मिडियाले आफ्नो समाचार बिकाउन पार्टी विभाजनको प्रचारमा लागेको गौतमको आरोप छ।

‘हाम्रो समस्या कुन डिग्रीको हो, उनीहरूलाई मतलब छैन,’ गौतमले भने ‘तर, उनीहरूले त्यो डिग्रीलाई ह्वात्तै बढाइदिन्छन् र त्यसले गर्दा पार्टी आज फुट्ने हो कि भोलि फुट्ने हो भन्ने भाको छ।’

सँगै बसेर समस्या समाधानको प्रयास गरिरहेको गौतमको भनाइ छ। उनले पार्टीभित्र समस्या रहेको भने स्वीकारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?