काठमाडौं. ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शक्ति संघर्ष चर्किएको बेला स्थायी कमिटी सदस्य तथा नेता भिम रावलले पार्टी फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न चेतावनी दिएका छन्।
सामाजिक संजालमा ट्वीटरमा टिप्पणी गर्दै नेता रावलले पार्टी भित्रको अहिलेको समाधान नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना भएको बताएका छन्। उनले बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन्- ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।’




