काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

सचिवालय बैठक बोलाइएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।




