advertisement

उनको उपचारको क्रममा दमौलीस्थित रहेको रत्नहरी अस्पतालमा मुत्यु भएको प्रहरीले् जनाएको छ । त्यस्तै दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । उनीहरुको रत्नहरी अस्पतालमा उपचार जारी रहेको छ । माइक्रो सडकदेखि अन्दाजी ६ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

" /> तनहुँको मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना हुदाँ एक महिलाको मुत्यु, पाँच जना घाइते - Sarbocha Media

तनहुँको मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना हुदाँ एक महिलाको मुत्यु, पाँच जना घाइते

`

     २०७७ मंसिर ०३ गते २:५६

तनहुँ, ३ मंसिर । तनहुँको मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना हुदाँ एक महिलाको मुत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।

व्यास नगरपालिका वडा ५ मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना हुदाँ एक महिलाको मुत्यु भएको हो । पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको हायस मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट खोल्सामा पुग्दा पोखरा महानगरपालिका तल्लो गगनगौडाकीख २८ वर्षीया सुनिता गुरुङ मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

advertisement

उनको उपचारको क्रममा दमौलीस्थित रहेको रत्नहरी अस्पतालमा मुत्यु भएको प्रहरीले् जनाएको छ । त्यस्तै दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । उनीहरुको रत्नहरी अस्पतालमा उपचार जारी रहेको छ । माइक्रो सडकदेखि अन्दाजी ६ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?