advertisement

निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई, जनकपुर–राजविराज दुई तथा राजविराज–वीरगञ्जसम्म एक बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।

" /> प्रदेश २ सरकारद्वारा सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन, निजी बसभन्दा सस्तो भाडा - Sarbocha Media

प्रदेश २ सरकारद्वारा सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन, निजी बसभन्दा सस्तो भाडा

`

     २०७७ मंसिर ०३ गते १:४०

धनुषा, ३ मंसिर। प्रदेश नं २ सरकारले सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले सरकारीस्तरबाट नै बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको बताइएको छ ।

बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ । ती बस केही दिनभित्रै सञ्चालनमा ल्याइने जनाइएको छ । प्रतिबस रु ६७ लाख ९५ हजारमा खरीद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

advertisement

निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई, जनकपुर–राजविराज दुई तथा राजविराज–वीरगञ्जसम्म एक बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?