advertisement

बुधबार नेकपाको सचिवालय बैठक बस्दैछ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठक सार्न खोजेका छन् भने प्रचण्ड बैठक गर्ने पक्षमा छन्।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग कात्तिक २९ गते लामो छलफल गरेकी थिइन्।

" /> राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रचण्ड - Sarbocha Media

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रचण्ड

`

     २०७७ मंसिर ०२ गते १२:२१

काठमाडौं, २ मंसिर । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास गएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रचण्ड शितल निवास पुगेका हुन्।

नेकपा सचिवालय बैठकको पूर्व सन्ध्यामा राष्ट्रपति र प्रचण्डबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

advertisement

बुधबार नेकपाको सचिवालय बैठक बस्दैछ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठक सार्न खोजेका छन् भने प्रचण्ड बैठक गर्ने पक्षमा छन्।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग कात्तिक २९ गते लामो छलफल गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?