काठमाडौं, २ मंसिर । कुलेश्वरबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त कालीमाटीले अवैध जुवा खेल्ने–खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा कामपा वडा नं. १४ कुलेश्वरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
शिव श्रेष्ठको कुलेश्वरस्थित आफ्नै घरमा जुवा तास खेलिरहेको अवस्थामा जुवाको खालबाट नगद २ लाख ३८ हजार ८५० नगद रूपैयाँ र ७ लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेक ११ थान, तास १ बुक समेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा कामपा–१४ कुलेश्वर बस्ने वर्ष ४४ का शिव श्रेष्ठ, काभ्रे चौरी देउराली गाउँपालिका वडा नं. ६ घर भई कुलेश्वर बस्ने वर्ष ४४ को यादव चौलागाईं ,धादिङ्ग थाँक्रे गाउँपालिका वडा नं. ८ घर भई कलंकी बस्ने वर्ष ४१ को राजु पौडेल चितवन भरतपुर १३ घर भई कुलेश्वर बस्ने वर्ष ३१ को राजिव श्रेष्ठ, वर्ष ४४ को केशब प्रसाद मुडवरी, फबारा जितपुर घर भई कलंकी बस्ने वर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउँपालिका वडा नं. ३ घर भई कालीमाटी बस्ने वर्ष २८ को प्रेम बडुवाल रहेका छन् ।
नियन्त्रणमा लिएका ७ जना विरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको बताइएको छ।




