काठमाडौं, ३० कात्तिक । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
कोरोना संक्रमणबाट मुक्त भएको गजुरेलले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । ११ दिनको अस्पताल बसाइँपछि उनी घर फर्किएर आराम गरिरहेको बताइएको छ।

कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । उनले अब केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने बताएका छन् ।
कात्तिक १० गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।




