काठमाडौं, २७ कात्तिक । कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याउने तयारी सुरु भएको छ ।
तेस्रो चरण सफल भइसकेपछि ती खोप ल्याउन नेपालले तयारी थालेको बताइएको छ । हाल बेलायत, अमेरिका, चीन र रुसले कोरोनाको खोप बनाएर तेस्रो चरणको परीक्षण गरिरहेका छन् ।
विश्व बजारमा खोप आउनासाथ नेपालीले प्रयोग गर्ने गरी ल्याउने तयारी भइरहेको जनाइएको छ ।





