advertisement

उनीहरुको कलंकीको सहिद स्मृति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय घाइते विजय तामाङको उपचार जारी रहेको छ ।

" /> कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो , एक घाइते - Sarbocha Media

कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो , एक घाइते

`

     २०७७ कार्तिक २७ गते २:५४

काठमाडौं,२७ कात्तिक । कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ, भने एक जना घाइते भएका छन् ।।

काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको ज्यान गएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

advertisement

उनीहरुको कलंकीको सहिद स्मृति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय घाइते विजय तामाङको उपचार जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?