" /> ललितपुरमा यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने - Sarbocha Media

ललितपुरमा यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने

`

     २०७७ कार्तिक २६ गते ३:१०

काठमाडौं, २६ कात्तिक । ललितपुर जिल्ला प्रशासनले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न र भोज भतेर नगर्ने अनुरोध गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यस्तो अनुरोध गरेको हो । ललितपुरका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले सूचना जारी गर्दै स्वास्थ्यमन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न पनि आग्रह गरे ।

यस्तै दिपालवलीमा र छठ पर्वमा भुइचम्पा, पटाका पट्काउने आतसबाजीजस्ता कार्य नगर्न पनि भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?