काठमाडौं, २६ कात्तिक । ललितपुर जिल्ला प्रशासनले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न र भोज भतेर नगर्ने अनुरोध गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यस्तो अनुरोध गरेको हो । ललितपुरका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले सूचना जारी गर्दै स्वास्थ्यमन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न पनि आग्रह गरे ।
यस्तै दिपालवलीमा र छठ पर्वमा भुइचम्पा, पटाका पट्काउने आतसबाजीजस्ता कार्य नगर्न पनि भनेको छ ।





