advertisement

सिंहलाई खोकीको समस्या भए पनि स्वास्थ्य सुधारोन्मुख र अवस्था सामान्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘खोकी अत्यधिक लागेपछि उहाँ जनकपुरबाट काठमाडौं आएर प्रहरी अस्पतालमा भर्ना हुनुभएको छ,’ प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने, ‘स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी छ।’

" /> कोरोना संक्रमण भएपछि प्रदेश २ का डिआइजी सिंह अस्पताल भर्ना - Sarbocha Media

कोरोना संक्रमण भएपछि प्रदेश २ का डिआइजी सिंह अस्पताल भर्ना

`

     २०७७ कार्तिक २६ गते २:१६

काठमाडौं, २६ कात्तिक । प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंह अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण देखिएपछि सिंह नेपाल प्रहरी अस्पतालमा उपचाररत छन्। सिंहलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश २ का निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलका अनुसार सिंहले सोमबार स्वाब दिएका थिए। मंगलबार कोरोना पुष्टि भएसँगै सिंह उपचारका लागि जनकपुरबाट काठमाडौंस्थित प्रहरी अस्पताल भर्ना भएका हुन्।

advertisement

सिंहलाई खोकीको समस्या भए पनि स्वास्थ्य सुधारोन्मुख र अवस्था सामान्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘खोकी अत्यधिक लागेपछि उहाँ जनकपुरबाट काठमाडौं आएर प्रहरी अस्पतालमा भर्ना हुनुभएको छ,’ प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने, ‘स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?