काठमाडौं, २६ कात्तिक । मुलुकमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५ सय ६९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

कुल संक्रमितमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् ।




