advertisement

उनले भने, ‘नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा आत्तिनु हुँदैन।’ पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुनसमेत मन्त्री भट्टराईले आग्रह गरे।

नेताहरूले आ-आफ्नातर्फबाट त्याग गरी पार्टी जोगाउनुपर्ने धारणा उनले राखे। उनले पार्टी एकता कायम गर्नका लागि जनदबाव सिर्जना गर्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।

" /> नेकपा समुन्द्र हो, छाल आयो भन्दैमा आत्तिनु हुँदैन : योगेश भट्टराई - Sarbocha Media

नेकपा समुन्द्र हो, छाल आयो भन्दैमा आत्तिनु हुँदैन : योगेश भट्टराई

`

     २०७७ कार्तिक २६ गते १०:३५

ताप्लेजुङ, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य योगशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन्।

गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा पार्टी नफुट्ने बताउँदै पार्टी जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने जनाए।

advertisement

उनले भने, ‘नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा आत्तिनु हुँदैन।’ पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुनसमेत मन्त्री भट्टराईले आग्रह गरे।

नेताहरूले आ-आफ्नातर्फबाट त्याग गरी पार्टी जोगाउनुपर्ने धारणा उनले राखे। उनले पार्टी एकता कायम गर्नका लागि जनदबाव सिर्जना गर्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?