काठमाडौं, २६ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभा जाँदैछन् ।
प्रधानमन्त्रीले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नेछ । संखुवासभामा प्रधानमन्त्री सहभागी हुने तीनवटा कार्यक्रम तय भएको छ ।
पहिलो कार्यक्रम भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा राखिएको छ । किथामाङ्काबाट १०ः३६ मा भोटखोला ३ मा पर्ने च्यान्ताङ भन्ने स्थानमा जानेछन् । च्यान्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् ।
च्यान्ताङ पछि १ः३० बजे भने प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्नेछन्।




