एजेन्सी, २५ कात्तिक । अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग जुध्नका लागि कोभिड–१९ टास्क फोर्स गठन गरेका छन् ।
उनले बनाएको १३ सदस्यीय टास्क फोर्समा तीन सह–अध्यक्ष र एक सदस्य छन्। बाइडनेले यस विषयमा वैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बताएका छन्।
उनले कोरोना महामारी नियन्त्रण गर्नु आफ्नो प्रशासनको पहिलो प्राथमिकता रहेको बताएका छन्। लगातार बढिरहेको संक्रमण रोक्नु र खोप पत्ता लगाउनु उनको लागि ठूलो चुनौती हो।

जो बाइडेनले कोरोना महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरेका छन् ।




