काठमाडौं, २५ कात्तिक । सबै सरकारी अस्पतालमा अब कोरोना भाइरसको संक्रमितको उपचार निःशुल्क हुने भएको छ ।
मन्त्रिपरिषदको सोमबारको बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावअनुरूप कोरोनाको परीक्षणसहित सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको बताइएको छ ।
बैठकले मन्त्रिपरिषद्का सबै सदस्यको यो वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णयसमेत भएको जनाइएको छ ।
यसअघि सरकारले विपन्न, ज्येष्ठ नागरिकलगायत निश्चित वर्गको मात्रै निःशुल्क उपचार गर्ने बाँकीको नगर्ने निर्णय गरेको थियो ।




