advertisement

पार्टी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्ष सहमति गर्नुपर्ने बताउँदै आएका ओलीलाई बहुमत सचिवालय सदस्यले बैठक माग गरेपछि उनी नैतिक दबाबमा परेका छन् । ओलीले पाँच जना नेतालाई आफूले सल्लाह गरेर बैठक बोलाउने बताएका थिए । त्यसपछि उनले शनिबार र आइतबार पनि महासचिव पौडेललगायत आफूपक्षीय नेताहरुसँग छलफल गरेका थिए । ओलीले सोही छलफलको सन्देश महासचिव पौडेलमार्फत प्रचण्डलाई पठाएका हुन् ।

पार्टीभित्र संकटमा परेका ओलीले आइतबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाललगायतका चार नेतासँग छलफल गर्दै पार्टी फुटको संघारमा पुगेकाले आफूलाई सहयोग गर्न र पार्टी एकता बचाउन आग्रह गरेका थिए ।

नेता नेपालले विवादका विषयलाई पार्टी बैठक नै राखेर सल्टाउन जोड दिएका थिए । जवाफमा ओलीले आफू बैठक नराख्ने पक्षमा नभएको तर बैठकमा छलफल गर्ने विषयबारे पहिले टुङ्गो गर्नुपर्ने बताएका थिए । आज सोही सन्देश लिएर पौडेल प्रचण्ड निवास पुगेका हुन् ।

" /> ओलीको सन्देश बोकेर प्रचण्ड निवासमा महासचिव पौडेल, के छ सन्देशमा ? - Sarbocha Media

ओलीको सन्देश बोकेर प्रचण्ड निवासमा महासचिव पौडेल, के छ सन्देशमा ?

`

     २०७७ कार्तिक २४ गते ११:२५

काठमाडौं, २४ कार्तिक । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् ।

पार्टीभित्रको विवादका कारण प्रचण्डसँग सम्बन्ध चिसिएको र दूरी बढिरहेका बेला ओलीले अथमन्त्री समेत रहेका पौडेललाई सन्देशसहित प्रचण्ड निवासमा पठाएका हुन् । प्रचण्डसहित नेकपा सचिवालयका पाँच नेताले शनिबार अध्यक्ष ओलीलाई भेटेर तत्काल पार्टीको बैठक बोलाउन लिखित पत्र बुझाएर दुई दिनभित्र पार्टी बैठक बोलाउन आग्रह गरेका थिए । उक्त म्याद आज सकिंदैछ ।

advertisement

पार्टी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्ष सहमति गर्नुपर्ने बताउँदै आएका ओलीलाई बहुमत सचिवालय सदस्यले बैठक माग गरेपछि उनी नैतिक दबाबमा परेका छन् । ओलीले पाँच जना नेतालाई आफूले सल्लाह गरेर बैठक बोलाउने बताएका थिए । त्यसपछि उनले शनिबार र आइतबार पनि महासचिव पौडेललगायत आफूपक्षीय नेताहरुसँग छलफल गरेका थिए । ओलीले सोही छलफलको सन्देश महासचिव पौडेलमार्फत प्रचण्डलाई पठाएका हुन् ।

पार्टीभित्र संकटमा परेका ओलीले आइतबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाललगायतका चार नेतासँग छलफल गर्दै पार्टी फुटको संघारमा पुगेकाले आफूलाई सहयोग गर्न र पार्टी एकता बचाउन आग्रह गरेका थिए ।

नेता नेपालले विवादका विषयलाई पार्टी बैठक नै राखेर सल्टाउन जोड दिएका थिए । जवाफमा ओलीले आफू बैठक नराख्ने पक्षमा नभएको तर बैठकमा छलफल गर्ने विषयबारे पहिले टुङ्गो गर्नुपर्ने बताएका थिए । आज सोही सन्देश लिएर पौडेल प्रचण्ड निवास पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?