काठमाडौं. २४ कात्तिक । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिले नेपालको आधिकारिक नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।

असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’बाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर ‘नेपाल’ मात्र बनाउने निर्णय गरेको थियो। सरकारले मन्त्रिपरिषद्को उक्त निर्णयलाई गोप्य राखेको थियो।
समितिले उक्त निर्णय संविधानको मर्म विपरीत भएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको छ।




