एजेन्सी, २३ कात्तिक । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले अमेरिकालाई एकताबद्ध पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाइडनले शनिवार जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरेका थिए। उनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको बताए।

उनले भने, ‘म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु।’




