advertisement

पार्टी एकीकरणपछि थापा कुनै समय प्रधानमन्त्री केपी शर्मा ओली नजिक देखिँदै आएका छन् त कुनै बेला प्रचण्ड नजिक देखिँदै आएका थिए। पछिल्लो समय ओलीसँग असन्तुष्ट सचिवालयका सदस्यको बैठकमा थापा पनि पुग्ने गरेका थिए।

शुक्रबारका लागि प्रचण्डले बोलाएको बैठकमा भने उनी अनुपस्थित हुने बताइएको छ। प्रधानमन्त्री ओलीसहित उनी निकट नेताहरु इश्वर पोखरेल र महासचिव विष्णु पौडेल पनि प्रचण्डले बोलाएको बैठकमा उपस्थित नहुने बताइएको छ।

" /> प्रचण्डले बोलाएको सचिवालय बैठकमा बादल नजाने - Sarbocha Media

प्रचण्डले बोलाएको सचिवालय बैठकमा बादल नजाने

`

     २०७७ कार्तिक २१ गते ८:४२

काठमाडौं, २१ कात्तिक । नेकपाका कार्यकारी अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सचिवालय बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित नहुने भएका छन्।

पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालयबाट निर्णय खोज्न कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएका छन्। पूर्व माओवादी खेमाका नेता थापा प्रचण्डले बोलाएको बैठकमा नजाने भएका हुन्।

advertisement

पार्टी एकीकरणपछि थापा कुनै समय प्रधानमन्त्री केपी शर्मा ओली नजिक देखिँदै आएका छन् त कुनै बेला प्रचण्ड नजिक देखिँदै आएका थिए। पछिल्लो समय ओलीसँग असन्तुष्ट सचिवालयका सदस्यको बैठकमा थापा पनि पुग्ने गरेका थिए।

शुक्रबारका लागि प्रचण्डले बोलाएको बैठकमा भने उनी अनुपस्थित हुने बताइएको छ। प्रधानमन्त्री ओलीसहित उनी निकट नेताहरु इश्वर पोखरेल र महासचिव विष्णु पौडेल पनि प्रचण्डले बोलाएको बैठकमा उपस्थित नहुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?