advertisement

श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्ने र अल्छी बनाउन नहुने अभिव्यक्ति राखेका छन् ।

" /> काठमाडौँ मागिखानेको सहर भनेर विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् : मेयर विद्यासुन्दर - Sarbocha Media

काठमाडौँ मागिखानेको सहर भनेर विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् : मेयर विद्यासुन्दर

`

     २०७७ कार्तिक १९ गते ७:०१

काठमाडौं, १९ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गरेको बताएका छन् । उनले काठमाडौँ मागिखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने चाहान रहेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले सो बताएका हुन् ।  उनले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको बताए ।

लकडाउन भर काठमाडौं महानगरपालिकाले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाएको शाक्यले बताएका छन् ।

advertisement

श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्ने र अल्छी बनाउन नहुने अभिव्यक्ति राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?