काठमाडौं, १९ कात्तिक । भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज नेपाल आउँदै छन् । उनको नेपालको भ्रमण ४ दिन रहेको छ ।
नरवणे प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका हुन् । भारतीय सेनाको विशेष विमानमार्फत उनी र उनकी श्रीमतीसहित ४ सदस्यीय टोली दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
उनलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग चिन्ह र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा रहेको छ ।




