advertisement

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको बताइएको छ ।

" /> पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणबाट ज्यान गयो - Sarbocha Media

पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणबाट ज्यान गयो

`

     २०७७ कार्तिक १९ गते २:४८

काठमाडौं, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजेसीताको निधन भएको हो । दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएकी उनमा स्वास्थ्यमा सामान्य समस्या देखिएपछि कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

सीताको शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

advertisement

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?