advertisement

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म १४ लाख ८० हजारको पिसिआर परीक्षण भएको छ।

" /> नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्याे - Sarbocha Media

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्याे

`

     २०७७ कार्तिक १८ गते १२:००

काठमाडौं, १८ कात्तिक । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा मृतक थप २० मा कोरोना पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ पुगेको छ।

यसैबीच मंगलबार थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा संक्रमण भएको हो। योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

advertisement

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म १४ लाख ८० हजारको पिसिआर परीक्षण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?