advertisement

यी दुवै भारत र श्रीलंकास्थित क्यासिनोका नेपाली एजेन्ट रहेको प्रहरीको दाबी छ। पक्राउ परेकामध्ये डुबलाल भारतको स्थायी आधारकार्ड र लेखा कार्ड फेला परेको छ।

उनको साथबाट प्रहरीले ल्यापटप, मोबाइल र भारतीय आधार कार्ड बरामद गरेको छ। उनी श्रीलङ्काको वेलिजबेट क्यासिनोको नेपाली एजेन्ट रहेको पत्ता लागेको छ।

उनले दीपक गुरूङको नाममा भारत सरकार आयकर विभागको स्थायी लेखा कार्ड र आधार कार्डसमेत बनाएको अनुसन्धानमा देखिएको छ।

" /> लकडाउनको बेला अनलाइनमा जुवा खेलाएर ५० लाख ठगी - Sarbocha Media

लकडाउनको बेला अनलाइनमा जुवा खेलाएर ५० लाख ठगी

`

     २०७७ कार्तिक १७ गते ११:५२

काठमाडौं, १७ कात्तिक । लकडाउनको बेला विभिन्न प्रलोभन देखाई अनलाइनमा गेम्लिङ र बेटिङ (जुवा) खेलाएर ५० लाख ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले प्यूठान नौवाहिनी गाउँपालिका-४ घर भई ललितपुर झम्सिखेल बस्ने ३८ वर्षीय डुबलाल घर्तीमगर र इमाडोल बस्ने नौवाहिनीकै २० वर्षीय सुनिल पुनमगरलाई पक्राउ गरेको हो।

घर्तीमगरलाई नक्सालबाट र पुनमगरलाई इमाडोलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।महानगरीय अपराध महाशाखाका अनुसार दुवैविरूद्ध आधा दर्जन व्यक्तिले ठगी निवेदन दिएका छन्।

advertisement

यी दुवै भारत र श्रीलंकास्थित क्यासिनोका नेपाली एजेन्ट रहेको प्रहरीको दाबी छ। पक्राउ परेकामध्ये डुबलाल भारतको स्थायी आधारकार्ड र लेखा कार्ड फेला परेको छ।

उनको साथबाट प्रहरीले ल्यापटप, मोबाइल र भारतीय आधार कार्ड बरामद गरेको छ। उनी श्रीलङ्काको वेलिजबेट क्यासिनोको नेपाली एजेन्ट रहेको पत्ता लागेको छ।

उनले दीपक गुरूङको नाममा भारत सरकार आयकर विभागको स्थायी लेखा कार्ड र आधार कार्डसमेत बनाएको अनुसन्धानमा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?