advertisement

यसअघि समितिले तीन राजदूतविरुद्धका उजुरीकर्तालाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो । उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए ।

संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए । अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ताहरु सम्पर्कविहीन थिए ।

उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाइ समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको थियो । आज कात्तिक १७ गते समितिको बैठकमा पनि उजुरीकर्ता सम्पर्कमा नआएपछि २७ गतेको बैठकमा प्रस्तावित राजदूतहरुमाथि सुनुवाइ हुने निर्णय बैठकले गरेको छ ।

राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

" /> प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विश्वकर्मा विरुद्ध उजुरी दिने व्यक्तिहरु आएनन्, सुनुवाइ २७ गते हुने - Sarbocha Media

प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विश्वकर्मा विरुद्ध उजुरी दिने व्यक्तिहरु आएनन्, सुनुवाइ २७ गते हुने

`

     २०७७ कार्तिक १७ गते ८:२१

काठमाडौँ, १७ कात्तिक । प्रस्तावित राजदूतहरु डा. युवराज खतिवडा, लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माकाे सुनवाइ २७ गते हुने भएकाे छ । प्रस्तावित तीन राजदूतहरूविरुद्ध उजुरी दिने व्यक्तिहरु अनुपस्थित भएपछि उनीहरुमाथिको सुनुवाइ कात्तिक २७ गते सरेकाे हाे ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव रेग्मीलाई बेलायत र डा. विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाए पनि उनीहरु उपस्थित नभएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

advertisement

यसअघि समितिले तीन राजदूतविरुद्धका उजुरीकर्तालाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो । उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए ।

संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए । अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ताहरु सम्पर्कविहीन थिए ।

उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाइ समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको थियो । आज कात्तिक १७ गते समितिको बैठकमा पनि उजुरीकर्ता सम्पर्कमा नआएपछि २७ गतेको बैठकमा प्रस्तावित राजदूतहरुमाथि सुनुवाइ हुने निर्णय बैठकले गरेको छ ।

राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?