काठमाडौं, १६ कात्तिक । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा देखिएको विवाद गम्भिर बन्दै गएको भन्दै पार्टी फुट्नबाट बचाउन आग्रह गरेका छन । करिव ३ सातादेखी दुई अध्यक्षविच विवाद बढिरहेको बेला पौडेलले ट्वीटरमार्फत पार्टीलाई पुन एकतामा लैजान सबै नेता कार्यकर्तामा आग्रह गरेका छन ।

मन्त्री पौडेल प्रधानमन्त्री ओली निकट मानिन्छन । पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओली सामुहिक निर्णयबाट नचलेको भन्दै अध्यक्ष प्रचण्ड र माधव नेपाल समुह मिलेर अविश्वाको प्रश्तावको भित्री तयारी गरेका छन ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचणविच मिलाउन पटक पटक भुमिका खेलेका महासचिव पौडेलले पार्टीमा देखिएको विवादले संकटतर्फ लैजाने संकेत गरेका छन । महासचिव पौडेल ३ साताअघि मात्रै मन्त्री बनेका थिए । मन्त्रीपरिषद पुर्नगठन राजदुतहरुको नियुक्ती र कर्णाली प्रदेशका आफु पक्षिय मुख्यमन्त्रीलाई हटाउन खोजेको भन्दै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड माधव नेपालसंग मिलेर ओलीलाई नै पदच्युत गर्न लागेका छन ।
यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।
— Bishnu Prasad Paudel (@bpaudel1959) November 1, 2020




