advertisement

उपचारको क्रममा शनिबार बिहान ५ बजेतिर उनको मृत्यु भएको जनाइएको छ ।

 

" /> बाँकेमा दाङका एकको कोरोना संक्रमणबाट मृत्यु - Sarbocha Media

बाँकेमा दाङका एकको कोरोना संक्रमणबाट मृत्यु

`

     २०७७ कार्तिक १५ गते ३:४८

 दाङ, १५ कात्तिक। कोरोना संक्रमणबाट दाङका एकजको ज्यान गएको छ । संक्रमितको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको बताइएको छ ।

कात्तिक ११ गते अस्पताल भर्ना भएका उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

advertisement

उपचारको क्रममा शनिबार बिहान ५ बजेतिर उनको मृत्यु भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?