advertisement

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार २०० पुगेको वर्ल्डोमिटर्समा तथ्यांक छ। अहिलेसम्म विश्वभर तीन करोड ३२ लाख ३७ हजार ११३ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड १४ लाख ५९ हजार ९४४ छ।

" /> विश्वमा तीन दिनदेखि लगातार दैनिक पाँच लाख बढी नयाँ संक्रमित फेला - Sarbocha Media

विश्वमा तीन दिनदेखि लगातार दैनिक पाँच लाख बढी नयाँ संक्रमित फेला

`

     २०७७ कार्तिक १५ गते ३:१३

एजेन्सी, १५ कात्तिक। विश्वमा कोरोना भाइरस संक्रमण तीन दिनदेखि लगातार दैनिक पाँच लाखभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन्।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च पाँच लाख ७१ हजार ५९९ नयाँ संक्रमित थपिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा सात हजार ४७३ संक्रमितको मृत्यु भएको छ। दुई दिनअघि पाँच लाख आठ हजार ३४५, त्यसपछि पाँच लाख ४८ हजार ८५६ नयाँ संक्रमित थपिएका थिए। हाल विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ५८ लाख ९० हजार २५७ पुगेको छ।

advertisement

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार २०० पुगेको वर्ल्डोमिटर्समा तथ्यांक छ। अहिलेसम्म विश्वभर तीन करोड ३२ लाख ३७ हजार ११३ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड १४ लाख ५९ हजार ९४४ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?