advertisement

विराट नर्सिङहोममा सुनसरी धरान उपमहानगरपालिका – १२ की ७५ वर्षीया महिला र सप्तरीको मौली – ५ का ६० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो । धरानकी वृद्धा महिला ५ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् । उनलाई ९ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै सप्तरीका पुरुषमा १२ कात्तिकमा कोरोना पाजेटिभ देखिएको थियो । उनी ११ कात्तिकमा उपचारका लागि भर्ना भएको अस्पतालले जानकमरी दिए । दुवै जनामा श्वासप्रश्वासको समस्या रहेको अस्पतालले बताएको छ ।

विराटनगरको न्यूरो अस्पतालमा पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार विराटनगर महानगरपालिका – ७ की ४५ वर्षीया महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगर – ३ का पुरुषको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो भने विराटनगर – ७ की महिलाको बुधबार राति मृत्यु भएको थियो ।

३ कात्तिकमा न्युरो भर्ना भएका विराटनगर – ३ का पुरुषमा २९ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ७ कात्तिकमा भर्ना भएकी विराटनगर – ७ की महिलामा ६ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा झापा सुरुङ्गा नगरपालिका – ३ का पुरुषको मृत्यु भएको छ । बुधबार बेलुका भर्ना भएका पुरुषको त्यही दिन बिहीबार बिहानको राति मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।

" /> विराटनगरमा थप ५ कोरोना संक्रमितको मृत्यु - Sarbocha Media

विराटनगरमा थप ५ कोरोना संक्रमितको मृत्यु

`

     २०७७ कार्तिक १३ गते २:२२

विराटनगर, १३ कात्तिक । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विराटनगरमा थप पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोम (विराटनगर अस्पताल) मा दुई, न्युरो अस्पतालमा दुई र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ ।

advertisement

विराट नर्सिङहोममा सुनसरी धरान उपमहानगरपालिका – १२ की ७५ वर्षीया महिला र सप्तरीको मौली – ५ का ६० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो । धरानकी वृद्धा महिला ५ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् । उनलाई ९ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै सप्तरीका पुरुषमा १२ कात्तिकमा कोरोना पाजेटिभ देखिएको थियो । उनी ११ कात्तिकमा उपचारका लागि भर्ना भएको अस्पतालले जानकमरी दिए । दुवै जनामा श्वासप्रश्वासको समस्या रहेको अस्पतालले बताएको छ ।

विराटनगरको न्यूरो अस्पतालमा पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार विराटनगर महानगरपालिका – ७ की ४५ वर्षीया महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगर – ३ का पुरुषको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो भने विराटनगर – ७ की महिलाको बुधबार राति मृत्यु भएको थियो ।

३ कात्तिकमा न्युरो भर्ना भएका विराटनगर – ३ का पुरुषमा २९ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ७ कात्तिकमा भर्ना भएकी विराटनगर – ७ की महिलामा ६ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा झापा सुरुङ्गा नगरपालिका – ३ का पुरुषको मृत्यु भएको छ । बुधबार बेलुका भर्ना भएका पुरुषको त्यही दिन बिहीबार बिहानको राति मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?