" /> पत्रकार रवी लामिछाने र उनकी पत्नी निकीता पौडेलमा कोरोना पोजेटिभ - Sarbocha Media

पत्रकार रवी लामिछाने र उनकी पत्नी निकीता पौडेलमा कोरोना पोजेटिभ

`

     २०७७ कार्तिक १३ गते ३:२५

काठमाडौं, १३ कात्तिक । सीधा कुरा जनतासंगको कार्यक्रमका न्यूज २४ का पत्रकार रवी लामिछाने र उनकी पत्नी निकीता पौडेलमा कोरोना पोजेटिभ देखिएको छ ।

रवी र निकीतामा कोरोना संक्रमण भएको रवीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आए पछि हिजो पीसीर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ।’

रवीले केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्ने बताएका छन्। उनीहरु घरमा दुई मात्र रहेको भन्दै धेरै समस्या नभएको तर घरमा वृद्ध वृद्धा अवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नर्गन उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?