advertisement

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘यस्ता सानातिना विषयमा पनि राष्ट्रिय बहस गर्ने । यो भेटवार्ता राष्ट्रिय बहसको विषय होईन ।

किनभने आउनुभन्दा अगाडि यहाँ खबर पनि गरेको थियो अरे । परराष्ट्र मन्त्रालयलाई थाहा पनि छ । एम्बेसीमार्फत खबर पनि गरेको छ । प्रधानमन्त्रीले पनि भेट्न पनि चाहानुभएको छ । त्यसकारण भेट्नु भनेको यो ठूलो बहसको विषय होईन् ।’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले रअ प्रमुखको प्रधानमन्त्री ओलीसँगको भेटवार्तालाई आपत्तिजनक छ भनेर भनेको भनाई आएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा डा. महतले भने,‘हावादारी कुरा गरेर हुन्छ ? हस्तक्षेप गरेको छ भने प्रमाणसहित भन्नुपर्यो ।

बिना प्रमाणविना हल्लाखल्ला गर्नु उचित होईन । यो भेटवार्तालाई अतिरञ्जित गर्न जरुरी छैन् ।  उनले चीनले नेपालको भूमि मिचेको दाबी गरे । उनले भने, चीनले नेपाली भूमि मिचेको छ । लाप्चामा सिमाको खम्बा, पोललाई सारेर २ किलोमिटर । हुम्लाका साथीहरुे आपत्ति गरिराखेका छन् ।

" /> रअ प्रमुख र प्रधानमन्त्रीबीचको भेटवार्तामा आपत्ति जनाउनुहुन्न : डा. महत - Sarbocha Media

रअ प्रमुख र प्रधानमन्त्रीबीचको भेटवार्तामा आपत्ति जनाउनुहुन्न : डा. महत

`

     २०७७ कार्तिक १२ गते १०:१७

काठमाडौं, १२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले भारतका रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई लिएर नेपालमा बहसको विषय बनाईनु गलत भएको टिप्पणी गरेका छन् ।

advertisement

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘यस्ता सानातिना विषयमा पनि राष्ट्रिय बहस गर्ने । यो भेटवार्ता राष्ट्रिय बहसको विषय होईन ।

किनभने आउनुभन्दा अगाडि यहाँ खबर पनि गरेको थियो अरे । परराष्ट्र मन्त्रालयलाई थाहा पनि छ । एम्बेसीमार्फत खबर पनि गरेको छ । प्रधानमन्त्रीले पनि भेट्न पनि चाहानुभएको छ । त्यसकारण भेट्नु भनेको यो ठूलो बहसको विषय होईन् ।’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले रअ प्रमुखको प्रधानमन्त्री ओलीसँगको भेटवार्तालाई आपत्तिजनक छ भनेर भनेको भनाई आएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा डा. महतले भने,‘हावादारी कुरा गरेर हुन्छ ? हस्तक्षेप गरेको छ भने प्रमाणसहित भन्नुपर्यो ।

बिना प्रमाणविना हल्लाखल्ला गर्नु उचित होईन । यो भेटवार्तालाई अतिरञ्जित गर्न जरुरी छैन् ।  उनले चीनले नेपालको भूमि मिचेको दाबी गरे । उनले भने, चीनले नेपाली भूमि मिचेको छ । लाप्चामा सिमाको खम्बा, पोललाई सारेर २ किलोमिटर । हुम्लाका साथीहरुे आपत्ति गरिराखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?