advertisement

भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पम्पियोले, चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको अभिव्यक्ति दिएका थिए ।

" /> भारत–चीनबीचको सीमा विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी - Sarbocha Media

भारत–चीनबीचको सीमा विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी

`

     २०७७ कार्तिक १२ गते ५:१८

काठमाडौं, १२ कात्तिक । दिल्लीस्थित चिनियाँ दूतावासले भारत र चीनको बीचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ ।

दिल्लीस्थित चिनियाँ दूतावासले अमेरिकी अधिकारीहरुले बारम्बार झुटो बोलिरहेको र चीनविरुद्ध आक्रमण र विभिन्न आरोप लगाइरहेको भन्दै यो कूटनीतिको आधारभूत सिद्धान्तको बर्खिलाफ रहेको जनाएको छ ।

दूतावासले भारत र चीन बिचको सीमा विवाद दुईपक्षीय भएको र यसलाई समाधान गर्नका लागि बारम्बार वार्ता भइरहेको समेत उल्लेख गरेको छ । दूतावासले भारत र चीनसँग असहमतिहरुलाई ठीक ढंगले समाधान गर्ने ज्ञान र क्षमता भएको र तेस्रो पक्षलाई हस्तक्षेप गर्ने कुनै ठाउँ नभएको जनाएको छ ।

advertisement

भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पम्पियोले, चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?