advertisement

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ।

यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि कोरोना महामारीका कारण चियापान कार्यक्रम नगर्ने निर्णय गरेको थियो।

" /> नेकपाले पनि यस वर्ष चियापान कार्यक्रम नगर्ने - Sarbocha Media

नेकपाले पनि यस वर्ष चियापान कार्यक्रम नगर्ने

`

     २०७७ कार्तिक ११ गते ८:१३

काठमाडौं, ११ कात्तिक । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

advertisement

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ।

यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि कोरोना महामारीका कारण चियापान कार्यक्रम नगर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?