काठमाडौं, ९ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय २५, ललितपुरमा १ सय ४७ र भक्तपुरमा १ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जना पुगेका छन्।




