काठमाडौं, ८ कात्तिक । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप १ हजार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४२९ जना महिला रहेका छन् भने ६८१ जना पुरूष रहेका छन्।

आज मात्र देशभर २२२५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।
कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३८४६ जनाको पिसिआर परीक्षण गरिएका छन्।




