advertisement

विगतका दसैंमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

" /> राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने - Sarbocha Media

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

`

     २०७७ कार्तिक ०७ गते १:१९

काठमाडौं, ७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन सर्वसाधारणलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन्।

advertisement

विगतका दसैंमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?