काठमाडौं, ६ कात्तिक । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण देखिएको छ।

बिहीबार उनले ट्वीटरमार्फत् आफूलाई संक्रमण पुष्टि भएको बताएका हुन्। आफू र श्रीमतीलाई कोरोना देखिए पनि दुई छोरालाई भने कोरोना नेगेटिभ देखिएको उनले बताएका छन्।
‘मलाई पनि पोजेटिभ देखियो।तर राम्रो के भने बितेको दश दिनयता मैले कसैलाई भेटेको छैन। मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित।दुबै छोरालाई नेगेटिभ देखिनु चाहिँ धेरै राम्रो। सुरक्षित रहौं,’ उनले ट्वीटरमा भनेका छन्।
मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।
— Gokul Prasad Baskota (@GokulPBaskota) October 22, 2020




