काठमाडौं, ६ कात्तिक। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १ हजार ५५२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।

त्यसमध्ये काठमाडौंका १ हजार २ सय ८३ जना, भक्तपुरका ११२ जना र ललितपुरका १५७ सय जनामा कोरोना पोजेटिभ देखिएको छ ।
योसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । जसमध्ये १ लाख २ हजार ८२० जना निको भएका छन् । यसैबीच २४ घण्टामा ३ हजार २१५ जना कोरोनामुक्त भएका छन् । यस्तै २४ घण्टामा थप २१ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।




