काठमाडौं, ६ कात्तिक। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिनु भयो ।




