बुटवल, ६ कात्तिक । रुपन्देही र अर्घाखाँचीका दुई जना कोरोना संक्रमणबाट बुटवलमा ज्यान गएको छ ।
कोरोनाको कारण ज्यान जानेहरु रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुष रहेका छन् । उनीहरुको ज्याा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति भएको हो ।
कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु बताइएको छ।




